Tuesday, September 17, 2024

गैंडाको आक्रमणमा नेचरगाइडको मृत्यु

२१ भदौ, बर्दिया
खाता जैविक मार्गस्थित शिव सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा नेचर गाइड (पथ प्रदर्शक) को मृत्यु भएको छ ।

एकजना विदेशीसहित जंगल अवलोकनमा गएका ३५ वर्षीय मनमोहन चौधरीको घटनास्थलमा मृत्यु भएको हो । चौधरी ठाकुरबाबा नगरपालिका–९का स्थानीय हुन् । आज विहान (शुक्रबार बिहान) करिब ८ बजे बच्चासहितको गैंडासँग बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका–६ स्थित डल्ला सामुदायिक वनमा जम्काभेट हुँदा गैंडाले आक्रमण गरेको थियो ।

अमेरिकी नागरिक एमसी सावन र सो वनका चौकीदार खिन्चु थारु घाइते भएका प्रहरी उपरीक्षक प्रविण धितालले बताए । गैंडाले अमेरिकी नागरिक सावनलाई आक्रमण गरेपछि बचाउन खोज्दा चौधरीको घटनास्थलमै निधन भएको धितालले जानकारी दिए । चौधरीको अवस्था सामान्य भए पनि अमेरिकी नागरिक सावनलाई गम्भीर चोट लागेको छ । उनीहरूको ठाकुरबाबास्थित नगर अस्पतालमा उपचार भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार