Friday, October 18, 2024

उखुबारीमा भेटियो अजिङ्गर

१८ भदौ, कञ्चनपुर
बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीमा अजिङ्गर फेला परेको छ । सोमबार साँझ (१७ भदौमा) ब्रुमाइज पाइथानको उद्धार गरिएको हो ।

जिवितै उद्धार गरिएको ३५ किलो र १३ फिट लम्बाइको अजिङ्गरलाई सिंहपाल सामुदायिक वन क्षेत्रमा छाडिएको सो सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिए । वन क्षेत्र नजिकैको उखुबारीमा आहारा खोज्दै अजिङ्गर आएको हुनसक्ने अनुमान गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार