Saturday, October 19, 2024

सर्पको टोकाईबाट २ बालबालिकाको मृत्यु

२५ साउन, बर्दिया
सर्पको टोकाइबाट बर्दियामा ९ महिने नाबालकसहित ११ वर्षीया बालिकाको निधन भएको छ । ६ वर्षीया अर्की बालिका घाइते छिन् ।

बिहीबार (२४ साउनमा) गुलरिया नगरपालिका–१ का ९ महिनाका मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पको टोकाइबाट घाइते भएकी बर्दियाकै मधुवन नगरपालिकाकी ६ वर्षीया रिया चौधरीको बाँकेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

आमासँगै घरमा सुतिरहेका ९ महिने मायराको बायाँ खुट्टाको पैतलामा सर्पको टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो । घरमा सुतिरहेको बेला एक्कासी बिरामी भई अचेत बनेपछि ११ वर्षीया सोनिकालाई पनि गुलरिया अस्पताल पु-याएपछि निधन भएको बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोलको मामाघरमा बसेकी ६ वर्षीया रियालाई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार पश्चात भेरी अस्पताल पठाइएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार