Tuesday, September 17, 2024

हरित वृद्धिबारेको कार्यशालाका लागि आवेदन खुला

२४ साउन, काठमाडौं
प्राकृतिक स्रोत व्यवस्थापन र हरित वृद्धिबारेका विविध विषयबारेको कार्यशालाका लागि नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले आवेदन खुला गरेको छ ।

‘मिडिया वर्कसप अन नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड ग्रीन ग्रोथ’ विषयक कार्यशालामा क्रियाशील पत्रकारहरू सहभागी हुनसक्ने छन् । एक दिने कार्यशाला आगामी ४ असोजमा कोशी प्रदेशको विराटनगरमा हुँदैछ ।

युरोपियन युनियन र अर्थ जर्नलिज्म नेटवर्कको सहयोगमा सञ्चालित ‘मिडिया फर इन्क्लुसिभ ग्रिन ग्रोथ’ परियोजनामा नेवापस आवद्ध छ ।

प्राकृतिक स्रोत व्यवस्थापन, हरित वृद्धि, रिपोर्टिङमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण जस्ता मुद्दाहरूमा केन्द्रित रहने कार्यशाला कोशी र मधेश प्रदेशका पत्रकारहरूका लागि लक्षित गरिएको हो ।

कार्यशालामा महिला, अपाङ्ता भएका, आदिवासी जनजाती/सीमान्तकृत समुदायका पत्रकारलाई प्राथमिकता दिइने छ । आवेदनका लागि आगामी ९ असारसम्मको समयसीमा तोकिएको छ ।

यसअघि यस्तै प्रकृतिको कार्यशाला गत २८ असारमा चितवनको सौराहमा र गत ११ जेठमा नेपालगञ्जको गाभर भ्यालीमा भएको थियो ।


आवेदन फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।

ताजा समाचार

सम्बन्धित समाचार