Tuesday, September 17, 2024

पहिरोमा परेर बागलुङमा ८ जनाको मृत्यु

२२ साउन, बागलुङ
जिल्लाको बडिगाड गाउँपालिका–९ र १० मा गएको पहिरोमा परी एकै दिन ८ जनाले ज्यान गुमाएका छन् । दर्लिङखोलामा पहिरोले बडिगाड–९ मा एउटा र १०कोे आरुपाटामा वटा घर पुरिँदा ८ जनाको मृत्यु भएको छ ।

६ महिने नाबालिकासहित अन्य बालबालिकाले ज्यान गुमाएका छन् । आज विहान पहिरोले घर गोठ बगाएपछि बडीगाड गाउँपालिका–१० मा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने छोरी, १३ वर्षीय मनोज बुढा, मनोजकै उमेर हाराहारीका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो ।

मालती र मधु जुम्लिया हुन् । वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ । पहिरोमा पुरिएका अन्य ४ जनाको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षीया सीता थापा र ४२ वर्षीय मंगलसिंह बुढा घाइते छन् ।

४ मध्ये २ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी भएको सुवेदीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार