Saturday, October 19, 2024

बाघको आक्रमणबाट शाहको मृत्यु

१७ साउन, कञ्चनपुर

बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–२ कमलसा टोलकी २३ वर्षीय हिरा शाहको मृत्यु भएको हो ।

घरनजिकै उखुबारीमा घाँस काट्दै गर्दा आज विहान (बिहीबार विहान) उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) उमेश जोशीले बताए । आक्रमण पश्चात बाघले शाहलाई नजिकैको उखुबारीमा लगेको र यही क्रममा उनको निधन भएको जोशीले जानकारी दिए ।

घटनाको खबर पाए लगत्तै स्थानीय बासिन्दा, प्रहरी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अधिकारी बाघको खोजीमा जुटेका छन् । बाघ उखुबारीमा लुकेको आशंका गर्दै ड्रोनमार्फत खोजीकार्य जारी राखिएको छ । हात्तीसमेत परिचालन गरी बाघको खोजी जारी रहेको शुक्लाफाँटा निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए ।

चालु आर्थिक वर्ष २०८१/०८२मा बाघको आक्रमणबाट व्यक्तिको निधन भएको यो पहिलो घटना हो ।

ताजा समाचार

सम्बन्धित समाचार