Monday, November 25, 2024

वयस्क पोथी गैंडा मृत फेला

८ साउन, चितवन
भरतपुर महानगरपालिका–२६ भगेडीमा एउटा पोथी गैंडा मृत फेला परेको छ । शरीरमा चोट नदेखिएको २० वर्ष हाराहारीको गैंडा स्थानीयको मकैबारीमा मृत भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले घटनास्थलमा अनुसन्धान सुरु गरेको छ । तर, प्रारम्भिक अनुसन्धानमा गैंडाको मृत्युको कारण खुलेको छैन । सो गैंडा बुढो भएर मरेको हुन सक्ने निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

गैंडाको खाग, खुर सुरक्षित रहेको, शरीरमा चोट देखिएकाले बुढो भएर मरेको हुनसक्ने बताउँदै उनले भने, ‘खास कारण पोष्टमाटम गरेपछि थाहा हुन्छ ।’ चालु आर्थिक वर्ष २०८१/८२मा चितवनमा गैंडा मृत भेटिएको यो पहिलो घटना हो ।

गत आर्थिक वर्षमा चितवन निकुञ्ज र आसपासका भेगमा २१ वटा गैंडा मृत भेटिएका थिए । १८ वटा प्राकृतिक कारणले मरेका निकुञ्जले जनाएको छ । २ वटा चोरी शिकारीले र एउटाको मृत्युको कारण खुल्न सकेको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार