Friday, October 18, 2024

कोशीमा ७७ जनाले गुमाए ज्यान

३ साउन, मोरङ
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा बाढीबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ ।

प्रदेशका विभिन्न १ सय १७ स्थानमा बाढीमा परी २२ जनाको निधन भएको छ । बाढीका घटनामा २४ जना घाइते भएका कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए ।

त्यसैगरी गत आबमा प्रदेशका विभिन्न १ हजार ७ सय ३१ स्थानमा भएका आगलागीका घटनामा २० जनाले ज्यान गुमाए । १ सय ३४ जना घाइते भएका छन् ।

प्रवक्ता दाहालका अनुसार जंगली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । ५७ जना घाइते हुँदा चट्याङ लागेर १३ जनाले ज्यान गुमाउँदा ३६ जना घाइते भएका छन् । ४ सय ९६ स्थानमा पहिरो खस्दा ९ जना पुरिएका र २० जना घाइते भएका छन् ।

एक वर्षको अवधिमा प्रदेशभर ७ हजार ९ सय ८ वटा चौपाया मरेका घटना अभिलेखीकरण भएका छन् ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार