Sunday, September 8, 2024

हात्तीको आक्रमणपछि थारुको निधन

३१ असार, बर्दिया
जंगली हात्तीको आक्रमणमा परेर एक जना पुरुषले ज्यान गुमाएका छन् ।

ठाकुरबाबा नगरपालिका–२ तेरनीका ५२ वर्षीय शिवप्रसाद थारुको निधन भएको हो । सोमबार दिउँसो (३१ असारमा) फुटकी टिप्न जंगल छिरेको समूहलाई हात्तीले आक्रमण गरेपछि उनको निधन भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सो घटनामा ठाकुरबाबा–२ का २५ वर्षीय विश्राम थारु घाइते भएका निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार घाइते थारुलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

अन्य ४/५ जनाले भागेर ज्यान जोगाएका छन् । बर्दिया र आसपासका भेगमा करिब १ सय २० जंगली हात्ती छन् । यहाँका हात्ती नेपाल–भारत दुवैतर्फ ओहोर दोहोर गरिरहन्छन् ।

ताजा समाचार

सम्बन्धित समाचार