Monday, November 25, 2024

शाही वन मन्त्री

३१ असार, काठमाडौं
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेसँगै गठन भएको वर्तमान सरकारमा ऐनबहादुर शाही ठकुरी वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् ।

शाही वर्तमान मन्त्रिपरिषद् वरीयताको अन्तिम सूचीमा छन् । मुगुबाट प्रतिनिधिसभामा पहिलो पटक निर्वाचित उनी कांग्रेस संस्थापन कोटाबाट मन्त्री भएका हुन् । उनी कांग्रेस मुगुका सभापति समेत हुन् ।

पार्टी सभापति शेरबहादुर देउवा निकटका उनी कांग्रेस विभाजनपछि २०५९मा कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति थिए । पार्टी एकीकरणपछि २०६७मा पुनः जिल्ला सभापति भएका शाही २०७८ यता मुगुको पार्टी नेतृत्वमा छन् ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का नवलकिशोर साह सुडी वन मन्त्री थिए ।

ताजा समाचार

सम्बन्धित समाचार