Sunday, October 20, 2024

नेपालमा १ सय १० गोताखोर

२१ असार, चितवन
नेपालमा तालिम प्राप्त गोताखोरको संख्या १ सय १० पुगेको छ ।

सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा यो वर्ष १९ जनाले तालिम लिएसँगै नदी, खोला र जलाधार क्षेत्रमा मानवीय तथा अन्य जनधनको उद्धार गर्ने गोताखोरको संख्या १ सय १० पुगेको हो ।

शिक्षालयले यो वर्ष चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा गत ९ जेठदेखि तालिम सञ्चालन गरेको थियो । वाग्मती प्रदेश सरकारको सहयोगमा ३६ दिनसम्म सञ्चालित तालिममा १९ जना सहभागी थिए ।

प्रशिक्षार्थीले चितवनको त्रिशूली नदी, कास्कीको फेवाताल र सुनसरीको कोशी नदीमा तालिमको अभ्यास गर्दै आएका छन् । मनसुन सुरु भएपछि विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरीले नेपालका विभिन्न भेगमा ८ वटा खोज तथा उद्धार टिम, विपद् डेडिकेटेड ९ वटा वेस र देशभर ९ स्थानमा गोताखोर टोली स्रोतसाधनसहित परिचालन गरेको छ ।

नेपालमा २०७६ देखि गोताखोर तालिम सञ्चालन हुँदै आएको छ । सातै प्रदेशका विभिन्न भेगमा नियमित तालिम प्राप्त गोताखोर राख्ने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार