Sunday, October 20, 2024

सुवेदी कोषका सदस्य–सचिव नियुक्त

१४ असार, काठमाडौं
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य–सचिवमा डा. नरेश सुवेदी नियुक्त भएका छन् ।

कोषका कार्यक्रम निर्देशक, वरिष्ठ संरक्षण अधिकृत र अन्य जिम्मेवारी सम्हालेका उनलाई कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले उनलाई सदस्य–सचिव नियुक्त गरेका हुन् ।

उनले शुक्रबार (१४ असार)देखि जिम्मेवारी सम्हालेका छन् ।

गैंडा विज्ञ उनले गैंडा, हिउँ चितुवा, हात्ती र बाघजस्ता ठुला जिवजन्तुको संरक्षण तथा अनुसन्धानका लागि नीतिगत तहमा कार्य गरेको अनुभव छ । यसअघिका सदस्य–सचिव शरदचन्द्र अधिकारीले कार्यकाल सकिनु अगावै पदबाट राजीनामा दिएपछि यो पद रिक्त थियो ।

३ पुस २०७७मा तत्कालीन वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले ५ वर्षका लागि सदस्य–सचिव नियुक्त गरेका अधिकारीको नियुक्ती योग्यता र अन्य मापदण्ड विपरित रहेको पुष्टि भएपछि आलोचना हुँदै आएको थियो । उनको राजीनामासँगै सुवेदी निमित्त सदस्य–सचिवको भूमिकामा थिए ।

सुवेदी विभिन्न समयमा चितवन राष्ट्रिय निकुञ्ज, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अतिरिक्त अन्य संरक्षित क्षेत्रकामा वन्यजन्तुको विचरण क्षेत्रको स्थलगत अध्ययन अनुसन्धानमा खटेका थिए ।

कोषले सदर चिडियाखाना, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु, गौरीशंकर संरक्षण क्षेत्रको व्यवस्थापन सम्हाल्दै आएको छ । त्यसैगरी, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जहरूमा कोष अन्तर्गतका विभिन्न संरक्षण कार्यक्रम छन् ।

ताजा समाचार

सम्बन्धित समाचार