१६ असार, मकवानपुर
जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ५ जनामा स्वास्थ्य समस्या देखिएको छ । सल्ले जातको च्याउ पकाएर खाँदा हेटौंडा उपमहानगरपालिका–१९ बसामाडीमा एक वृद्धासहित ५ जना बिरामी भएका हुन् ।
बसामाडीकी ७३ वर्षीया फूलमाया बल, ३६ वर्षीय श्यामबहादुर, ३४ वर्षीय तुलबहादुर, १६ वर्षीया अनिता बल, ११ वर्षीय रेमन बल बिरामी भएपछि उनीहरूको हेटौडा अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
एक महिनाको अवधिमा मकवानपुका विभिन्न भेगमा जंगली च्याउको तरकारी खाएपछि २५ जना हाराहारी बिरामी भएका छन् । ३ जनाको मृत्यु भएको छ ।
कैलाश गाउँपालिका–९ नामटारमा ४ वर्षीय दीपेश लामा, कैलाश गाउँपालिका–९ की २५ वर्षीया निरुमाया रुम्बा र राक्सिराङ गाउँपालिका–७ दुगुवाङमा ५५ वर्षीय बलबहादुर प्रजाको उपचारको क्रममा मृत्यु भएको छ ।