Sunday, June 30, 2024

केही दिन भारी वर्षाको प्रक्षेपण

१४ असार, काठमाडौं
नेपालका धेरै भेगमा निस्कृयझैं रहेको मनसुन अब भने सक्रिय बन्ने भएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानबाट नेपाल नजिक सरेकाले केही दिन देशभर झरी पर्ने छ ।

शुक्रबार (१४ असार)देखि आइतबारसम्म मनसुनी वर्षा थप सक्रिय हुने जल तथा मौसम विजान विभागले विशेष बुलेटिनमार्फत जनाएको छ । यस वर्षको मनसुन मनसुनी पात्रो भन्दा ३ दिन अगावै (गत २८ जेठमा) नेपाली भूभाग प्रवेश गरे पनि निरन्तर झरी भने पर्न सकेको छैन ।

अब भने आइतबारसम्म अधिकांश भेगमा साधारणदेखि पूर्ण बदली रहेर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र कतिपय भेगहरूमा भारी वर्षाको प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । तुलनात्मक रूपमा कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना बढी रहेको महाशाखाको भनाइ छ ।

यी भेगहरूका नदी, खोला र जलाधार क्षेत्र आसपासका बस्तीमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । ‘आगामी केही दिन मनसुनको न्यून चापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिन्छ । जसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना छ’, महाशाखाको बुलेटिनमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार