Sunday, June 30, 2024

मनसुन सुरु भएपछि २८ जनाको मृत्यु

१३ असार, काठमाडौं
मनसुन भित्रिएपछि ३३ जिल्ला प्रभावित भएका छन् । गत जेठ २८ देखि असार १२ गते सम्ममा विपद्का १ सय ४७ विपद्का घटना भएका र ती घटनाहरूमा २८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन् । बाढीबाट १, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ ।

यो बिचमा पहिरोबाट १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएका छन् । १० वटा घर आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै मनसुनका समयमा बाढीबाट १ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।

चट्याङबाट क्षति
सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार पछिल्लो विपद्जन्य घटना (असार ११ र १२ गते)को अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा ९ जना चट्याङबाट र ९ जना बाढीपहिरोमा परेर मृत्यु भएको उनले बताए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार