Sunday, October 20, 2024

चट्याङ लागेर दुईको मृत्यु

११ असार, झापा
चट्याङले दुई जनाको मृत्यु भएको छ । आज विहान (मंगलबार विहान) कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

साथै गौरीगञ्ज गाउँपालिका–३ मा स्थानीय सीताराम दाहालको खेतमा काम गर्दै गर्दा गिरीलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार