Monday, October 21, 2024

मेलम्चीलाई एडिबीको २ अर्ब अनुदान

५ असार, काठमाडौं
मेलम्ची खानेपानी आयोजनाको मुहान सार्न वित्तीय स्रोतको सकस भइरहेका बेला एसियाली विकास बैंक (एडिबी)ले मेलम्ची आयोजनालाई २ अर्ब रूपैयाँ अनुदान दिने भएको छ ।

आयोजनाको मुहान अम्बाथानबाट एक किलोमिटर माथि सर्कथलीमा सार्ने तयारी भइरहेको छ । ३ वर्षअघि (१ असार २०७८ र सोही वर्षको साउन १६ र १७ गतेको भीषण वर्षाले मेलम्ची आयोजनाको हेडवक्स पुर्नुका साथै तल्लो तटीय क्षेत्रमा पनि ठूलो क्षति भएको थियो ।

हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रूपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयले जनाएको छ । ३ वर्षअघिको भीषण बाढीले हेडबक्सका सम्पूर्ण संरचना पुरेपछि आयोजनाको खर्च बढिरहेको छ । आयोजनाको मुहान क्षेत्र क्षति भएपछि एडिबी आफैंले २ वर्ष अघिदेखि सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको थियो ।

एडिबीको अनुदान हेडवक्सका लागि बाँध बनाउने प्रयोजनमै खर्च हुने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सरकारले अनुदान रकम स्वीकारेसँगै आयोजनाले बाँध क्षेत्र सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । नयाँ हेडवक्स ४ वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको दाबी छ ।

ताजा समाचार

सम्बन्धित समाचार