Sunday, September 8, 2024

उपत्यकामा यो वर्षकै उच्च तापक्रम

१ असार, काठमाडौं
काठमाडौं उपत्यकामा आज (१ असारमा) यो वर्षकै सबैभन्दा बढी तापक्रम कायम भएको छ ।

शनिबार उपत्यकाको तापक्रम ३५.३ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गत १७ जेठमा काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री मापन भएको थियो ।

मनसुनी प्रणाली नेपाल भित्रिए पनि सबैतिर फैलिन नसक्दा तापक्रम क्रमशः बढेको महाशाखाका अधिकारी बताउँछन् । उपत्यकाको अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम भने २५ वैशाख, २०४६मा मापन भएको थियो । सो दिनको तापक्रम ३६.६ डिग्री मापन भएको विभागको अभिलेख छ ।

२ सातायता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाको तापक्रम ४० डिग्री र सो भन्दा माथि कायम हुँदै आएको छ । यो वर्ष यी प्रदेशका तराईमा पटकपटक विभागले तातो हावा र तातो लहरको प्रभाव क्षेत्र घोषणा गर्दै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार