Monday, October 21, 2024

कार्यशालाका लागि आवेदन खुला

३२, जेठ काठमाडौं
नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले प्राकृतिक स्रोत व्यवस्थापन र हरित वृद्धिबारेको मिडिया कार्यशालाका लागि आवेदन खुला गरेको छ ।

‘मिडिया वर्कसप अन नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड ग्रीन ग्रोथ’ विषयक कार्यशालामा सहभागी हुन चाहने पत्रकारहरूका लागि आवेदन खुलेको हो । एक दिने कार्यशाला आगामी २८ असारमा चितवनमा हुँदैछ ।

प्राकृतिक श्रोत व्यवस्थापन, हरित वृद्धि, र रिपोर्टिङमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण जस्ता मुद्दाहरूमा कार्यशाला केन्द्रित रहने छ । युरोपियन युनियन र अर्थ जर्नलिज्म नेटवर्कको सहयोगमा सञ्चालित ‘मिडिया फर इन्क्लुसिभ ग्रिन ग्रोथ’ परियोजनामा यो कार्यशाला तय भएको हो ।

वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पत्रकारले कार्यशालामा आवेदन दिन सक्ने नेवापसले जनाएको छ । लुम्बिनी प्रदेशका बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा र दाङ जिल्ला बाहेकका पत्रकारहरूले आवेदन दिन पाउने नेवापसले प्रष्ट्याएको छ । महिला, अपाङ्ता भएका, आदिवासी/सीमान्तकृत समुदायका पत्रकारलाई कार्यशालामा प्राथमिकता दिइने छ ।

इच्छुक पत्रकारहरूले आगामी ११ असारभित्र आवेदन फारम भरिसक्नुपर्ने छ । यस्तो किसिमको कार्यशाला यसअघि यही ११ जेठमा नेपालगञ्जमा आयोजना गरिएको थियो ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।

ताजा समाचार

सम्बन्धित समाचार