Tuesday, April 22, 2025

वातावरण विभागद्वारा १२२ उद्योगको अनुगमन, ८ लाई कारबाही सिफारिस

काठमाडौं–वातावरण विभागले विभिन्न समयमा गरी १ सय २२ वटा उद्योग तथा परियोजनाको अनुगमन गरेकोमा ८ लाई कारबाहीको सिफारिस गरेको छ।

विभागको वातावरणीय प्रभाव मूल्यांकन तथा अनुगमन शाखाले ती उद्योग तथा परियोजनालाई कारबाहीका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरेको हो।

शाखाका वातावरण निरीक्षक प्रकाश सिग्देलका अनुसार ती संस्थानलाई वातावरण संरक्षण ऐनको दफा १८ बमोजिम कारबाहीका लागि सिफारिस गरिएको हो।

बाँकी १ सय १४ वटा उद्योग र आयोजनालाई सुधारका लागि निर्देशन दिइएको छ। शाखाले ६५ वटा अस्पताल, १९ वटा जलविद्युत आयोजना, १० वटा सडक आयोजना, ९ वटा उद्योग र ८ वटा अपार्टमेन्ट तथा संयुक्त भवनको अनुगमन गरेको थियो। यसैगरी, ११ वटा सिंचाइ र ल्यान्डफिल साइटको पनि अनुगमन गरिएको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार