Monday, October 21, 2024

वाग्मती महोत्सव बुधबारदेखि

२८ जेठ, काठमाडौं
वाग्मती नदी महोत्सवको २४औं संस्करण यही बुधबार (३० जेठमा) सुरु हुने भएको छ । नेवार समुदायले मनाउने सिथी नखः पर्वको दिन उद्घाटन हुने महोत्सवका विभिन्न क्रियाकलाप साढे २ महिनासम्म जारी रहने छन् ।

हरेक हप्ता नदी सरसफाई, पर्यावरणीय क्षेत्रको सरसफाई र संरक्षण, कला, साहित्य, तथा संस्कृति झल्काउने गतिविधिका अतिरिक्त वाग्मतीमा जलयात्रा (र्‍याफ्टिङ) लगायतका कार्यक्रम तय गरिएका छन् । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लबको आयोजनामा हुने महोत्सव सफल बनाउन काठमाडौं र ललितपुर महानगरपालिका साझेदार रहेका छन् भने विभिन्न निजी, सरकारी तथा सामाजिक संघसंस्थाले सहकार्य गरेका आयोजकले जनाएका छन् ।

भदौको पहिलो शनिबार सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, खाना महोत्सव, बन्धुत्व र्याफ्टिङ लगायत विभिन्न क्रियाकलाप गरी महाजलजात्रासहित महोत्सव समापन हुने छ । २३ वर्षअघि सुरु भएको अभियान गैर मुनाफामुलक अभियानले वाग्मती र यसका सहायक नदीको संरक्षणमा केन्द्रित हुँदै आएको नदी संरक्षण अभियन्ता मेघ आलेले जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०८१/८२ मा वाग्मती सफाई र सभ्यता संरक्षण तथा पुनर्जिवित परियोजनाका लागि २ अर्ब ७२ करोड रूपैयाँ विनियोजन गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार