Monday, October 21, 2024

बाँके निकुञ्जमा ८३ वटा कृतिम पोखरी

२४ जेठ, बाँके
वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न बाँके राष्ट्रिय निकुञ्जमा ८३ वटा पोखरी निर्माण गरिएको छ । अत्यधिक गर्मी भएर निकुञ्जभित्रका पानीका स्रोत सुक्ने भएकाले वन्यजन्तुलाई राहत दिन कृतिम पोखरी निर्माण गरिएको हो ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार चालु आर्थिक वर्षभन्दा पहिले निकुञ्जभित्र ८० वटा पोखरी निर्माण भएको थियो । चालु अवमा ३ वटा बोरिङसहितको पोखरी निर्माण गरिएको बताउँदै उनले ३ ठाउँमा बोरिङ गरेर खाल्डोमा पानी संकलनको व्यवस्था गरिएको जानकारी दिए । गर्मीका बेला पानीको खोजीमा जनावर भौतारिने गरेकाले कृतिम पोखरी निर्माण गरिएको साहको भनाइ छ ।

अत्यधिक गर्मी बढेपछि निकुञ्ज भित्रका जलाशयमा पानीको सतह घटेको छ । निकुञ्ज क्षेत्रमा पानीको स्थायी स्रोत नहुँदा गर्मीयाममा पाटेबाघलगायत चित्तल, जरायो, नीलगाई, लगुना, चितुवा, बाँदर, हात्तीसहितका वन्यजन्तु पानीको खोज्दै राप्ती नदीसम्म पुग्ने गरेका छन् ।कृतिम पोखरीमा सौर्य ऊर्जामार्फत मोटर सञ्चालन गरेर वन्यजन्तुलाई खानेपानीको व्यवस्था मिलाइएको संरक्षण अधिकृत साहले जानकारी दिए ।

–रासस

ताजा समाचार

सम्बन्धित समाचार