Monday, October 21, 2024

दूतावास–महानगर वृक्षरोपण

२३ जेठ, ललितपुर
नेपालस्थित भारतीय दूतावास र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा ललितपुरको गुसिङ्गगालस्थित वाग्मती किनारमा वृक्षरोपण गरिएको छ ।

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनलगायतले ललितपुर महानगरपालिका–१ स्थित संकटा पुल र चार धाम मन्दिर परिसर आसपासमा वृक्षरोपण गरे ।

विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न निकायका अधिकारीहरूको उपस्थितिमा विभिन्न प्रजातिका १ सय ५० बढी विरूवा रोपिएको भारतीय दूतावासले जनाएको छ । सो अवसरमा बोल्दै राजदूत श्रीवास्तवले वातावरण संरक्षणमा सचेतना फैलाउन र भावी पुस्ताका लागि वातावरण जोगाउन यस्तो कार्यक्रम अपरिहार्य भएको बताए ।

उनले भने, ‘सामुहिक प्रयासलाई प्रोत्साहन गर्न वृक्षरोपण जस्ता कार्यक्रम जरूरी हुन्छ ।’ मन्त्री सुडी र मेयर महर्जनले एक अर्को निकायबिचको हातेमालोले वातावरणको अवस्था सुधार्दै हरियाली बढाउन सकिने धारणा राखे ।

ताजा समाचार

सम्बन्धित समाचार