Monday, October 21, 2024

नेवापस परिसरमा वृक्षरोपण

२३ जेठ, ललितपुर
विश्व वातावरण दिवस (जून ५) को अवसरमा नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले आफ्नो कार्यालय परिसर भनिमण्डलमा वृक्षरोपण गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ र समूहका अध्यक्ष रोशनी अधिकारी पाठकले सितल चिनी (सजिवन), अम्बा, कागती र एबोकार्डोका विरूवा रोपे । सो अवसरमा बोल्दै प्रजिअ श्रेष्ठले वातावरण संरक्षण र सुधारको अभियान विश्वव्यापी रूपमा चलिरहँदा सबै क्षेत्रको साथ सहयोग र संलग्नताले परिवर्तन सम्भव हुने बताए ।

उनले भने, ‘सरकार र कुनै एक संस्थाको पहलमा मात्रै वातावरण संरक्षण र सुधार सम्भव छैन, यसका लागि सबै क्षेत्रको योगदान जरूरी छ ।’

दिगो विकास र हरियाली प्रबद्र्धनमा जोड दिँदै आएको समूहले आफ्नो कार्यालय परिसरलाई हरियालीमैत्री बनाउने नीति लिएको छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ यस वर्षको वातावरण दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदैछ ।

ताजा समाचार

सम्बन्धित समाचार