Monday, October 21, 2024

सिंहलाई वातावरण पत्रकारिता पुरस्कार

२३ जेठ, काठमाडौं
नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विश्व वातावरण दिवस (जून ५) को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार पत्रकार वसन्तप्रताप सिंहलाई प्रदान गर्ने भएको छ ।

कान्तिपुर दैनिकका लागि बझाङबाट वातावरण र दिगो विकासका विषयमा खोजमुलक समाचार लेख्दै आएका उनलाई समूहले नगद र सम्मानपत्र प्रदान गर्ने छ । पुरस्कार समूहको आगामी साधारणसभामा हस्तान्तरण गरिने छ ।

समूहले विश्व वातावरण दिवसमा पत्रकारहरूलाई प्रोत्साहन गर्न ३ अघिदेखि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । गत वर्ष (सन् २०२३) भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरूबाट सिंह सर्वोत्कृष्ट चयन भएका हुन् ।

पुरस्कारका लागि समूहले पत्रकारहरूलाई सन् २०२३ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष अर्जुन ढकालको संयोजकत्वमा समूहका पूर्व महासचिव संगिता लामा र विज्ञसदस्य सरिता ज्ञवाली सम्मिलित ३ सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा सिंहलाई पुरस्कार दिने निर्णय गरिएको हो । उनी समूहको पुरस्कार प्राप्त गर्ने ३७औँ पत्रकार हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार