Monday, October 21, 2024

१५ घन्टामा २ पटक भूकम्प

२२ जेठ, काठमाडौं
१५ घन्टाको अवधिमा दैलेख र लम्जुङमा भूकम्प गएको छ । दैलेखको नेपा केन्द्रविन्दु भएर आज विहान (मंगलबार १० बजेर ३४ मिनेटमा) ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

नेपा र आसपासका भेगमा भूकम्पको धक्का प्रष्ट महसुस गरिए पनि क्षतिको विवरण प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसअघि सोमबार राति (२१ जेठमा) ८ बजेर ३८ मिनेटमा लम्जुङको ताँजेगाउँ आसपास केन्द्रविन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार