Tuesday, October 22, 2024

चट्याङ लागेर ७२ वटा भेडा मरे

७ जेठ, संखुवासभा
जिल्लाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । शनिबार राति (५ जेठमा) चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का सोमबहादुर लिम्बूका ४ सय भेडामध्ये ७२ वटा भेडा मरेको जानकारी दिइन् । रातको समयमा हुरीसँगै असिना परेपछि रूखको फेदमा बसेका भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाईंले बताइन् ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनको तिब्बतसँग जोडिएको छ । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्छ । सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दाबढी भेडीगोठ छन् । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार