Monday, May 20, 2024

गैंडा र बाघ मृत फेला

२५ वैशाख, चितवन 
चितवन राष्ट्रिय निकुञ्जका छुटाछुट्टै स्थानमा वयस्क गैंडा र बाघ मृत भेटिएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैंडा र निकुञ्जको भिमपुर क्षेत्रमा बाघ मृत भेटिएको हो । कावासोती नगरपालिका–१५ स्थित गुन्द्रइढाका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा मंगलबार (२५ वैशाखमा) भाले गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

मृत गैंडाका खुर र खाग सुरक्षित रहेकाले यसलाई प्राकृतिक कारण मान्न सकिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । त्यसैगरी निकुञ्जका अधिकारी र नेपाली सेनाको सुरक्षा पोष्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ भेटेको हो । गैंडा र बाघको पोष्टमाटम हुन बाँकी रहेको निकुञ्जले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार

वातावरण पत्रकारिता पुरस्कारका लागि आह्वान