Sunday, September 8, 2024

भारी वर्षाले ब्राजिलमा ६० जना भन्दा बढीको मृत्यु

२३ वैशाख, काठमाडौं 
भारी वर्षापछिको बाढी र पहिरोले दक्षिण ब्राजिलमा ६० जना भन्दा बढीको मृत्यु भएको छ । गत सातादेखिको वर्षाले साढे ३ सय जना भन्दा बढी बेपत्ता छन् ।

बाढी र डुवानमा परेपछि ७० हजारभन्दा बढी व्यक्तिले आफ्नो घर छाडेका छन् । मानवीय हताहतीको यकिन विवरण प्राप्त हुन अझै समय लाग्ने सरकारी अधिकारीहरूले बताएका छन् । यससँगै तीव्र गतिको आँधीले जनजिवन प्रत्यक्ष प्रभावित बनेको छ । बाढीले रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे सहर सबैभन्दा बढी प्रभावित भएको छ ।

वर्षासँगैको हावाहुरीले सो सहरका २ सय ८१ नगरपालिका प्रभावित बनेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।तुलनात्मक रूपमा उरुग्वे र अर्जेन्टिासँगको सीमा क्षेत्रमा जनधनको क्षति बढी भएको छ । ‘राज्यलाई प्रकोपपछि पुनर्निर्माण गर्न ठूलो लगानीको ‘मार्शल योजना’ चाहिन्छ । हामीले आजसम्म यस्तो अवस्था देखेका छैनौं, यो देशको सबैभन्दा खराब अवस्था हो’, रियो ग्रान्डे डो सुलका गभर्नर एडुआर्डो लेइटको भनाइ उद्धृत गर्दै सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

भारी वर्षाले ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको बाँधको भत्किएपछि सडक जलमग्न भएका छन् । सहरको मध्य भेगबाट बग्ने गुआबा नदीमा बाढीको बहावको उचाइ ५.०४ मिटर छ । सो नदीमा बाढीको बहाब ८ दशक यताकै उच्च भएको बताइएको छ । अविरल वर्षाले ३ सयभन्दा बढी जलविद्युत् आयोजना प्रभावित बनाएपछि विद्युत् आपूर्तिसमेत अवरुद्ध बनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा।

ताजा समाचार

सम्बन्धित समाचार