Tuesday, October 22, 2024

वन मन्त्रालयको नेतृत्व हेरफेर

२१ वैशाख, काठमाडौं 
वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक खरालको जिम्मेवारी हेरफेर भएको छ । विहीबार (२० वैशाख)को मन्त्रिपरिषद् वैठकले खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेको हो ।

मन्त्रिपरिषद्ले विभिन्न ६ जना सचिवको जिम्मेवारी हेरफेर गर्दा कृषि सचिव डा. गोविन्दप्रसाद शर्मा वन मन्त्रालयमा तानिएका छन् । एउटा विषयमा विज्ञता हासिल गरेका सचिवलाई अकै मन्त्रालयमा सरुवा गरिएपछि कर्मचारी वृत्तमा चर्चा सुरु भएको छ । सचिवमा बढुवा भएपछि पनि खराललाई पशुपन्छी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।

खराल गत भदौ तेस्रो साता कृषि मन्त्रालयबाट वनमा सरुवा भएका थिए । ३ दशक बढी वन सेवामा आवद्ध खराल तत्कालीन वन अनुसन्धान तथा सर्वेक्षण विभाग तथा वन्यजन्तु विभागको महानिर्देशक थिए । साथै उनी राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको सदस्य सचिव र रेड कार्यान्वयन केन्द्र प्रमुख थिए ।

वनमा सरुवा भएका शर्माले चितवनको रामपुर क्याम्पसबाट कृषिमा स्नातकोत्तर र अष्टे«लियाबाट कृषि विषयमै विद्यावारिधि गरेका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार