Tuesday, October 22, 2024

आगलागीले १० वटा पसलमा क्षति

१६ वैशाख, काठमाडौं
काठमाडौंको शंखमुलस्थित दोभानपुलका १० वटा पसलमा क्षति भएको छ । आगलागीबाट २ वटा मोटर साइकल वर्कसप, खाजा, किराना, तरकारी, मासु पसल, रेष्टुरेन्टसहित स्थानीय चन्द्र महर्जन र केदार श्रेष्ठको पक्की घरको भित्तामा क्षति भएको छ ।

आगलागी आइतबार पौने १ बजे सुरु भएको थियो । विशाल केसीको देवी अटो मोबाइल्स प्रालिमा विद्युत् सर्ट भएर सुरु भएको आगलागी एक घन्टा हाराहारीमा नियन्त्रणमा आएको हो । काठमाडौं र ललितपुर महानगरका ५ वटा दमकल प्रयोग भएकाले आगलागी एक घन्टाभित्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए ।

क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

ताजा समाचार

सम्बन्धित समाचार