Sunday, September 8, 2024

‘लु’बाट थाइल्यान्डमा ३० जनाको मृत्यु

१३ वैशाख, काठमाडौं
अत्यधिक गर्मी (लु)ले थाइल्यान्डमा ३० जनाले ज्यान गुमाएका छन् । यो वर्ष जनवरी १ तारिखदेखि १७ अप्रिलसम्म ३० जनाको मृत्यु भएको सरकारी निकायले जनाएका छन् ।

सोमबार (१० वैशाखमा) देशको उत्तरी प्रान्त लाम्पाङमा ४४.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएकोमा त्यसयता तापक्रम खस्किएको छैन । सो क्षेत्रमा यो गत ४४.६ डिग्री सेल्सियस तापक्रम कायम भएको सरकारी अभिलेख छ । गत वर्ष (सन् २०२३मा) थाइल्यान्डमा लुबाट ३७ जनाको मृत्यु भएको थियो ।

यो वर्ष अवस्था झनै जटिल हुने ठहर गर्दै थाइल्यान्डले बिहीबार सतर्क रहन चेतावनी जारी गरेको छ । यो वर्ष थाइल्यान्डको तापक्रम ५२ डिग्री सेल्सियस भन्दा माथि पुग्ने प्रक्षेपण गर्दै सरकारले चेतावनी जारी गरेको हो । यस साता दक्षिण एसियासहित दक्षिणपूर्वी एसियाका केही भागमा अस्वभाविक तातो मौसम र तातो हावाको लहर जारी छ ।

अत्यधिक गर्मी बढेपछि फिलिपिन्सका विद्यालय बन्द गरिएका छन् । थाइल्यान्डाका सरकारी अधिकारीहरूले वृद्धवृद्धा, मोटोपना, दीर्घरोगलगायतका स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई घरभित्रै रहन र नियमित पानी पिउन आग्रह गरेका छन् । सामान्यतया अप्रिल महिना थाइल्यान्डसहित दक्षिणपूर्वी एसियाली देशहरूमा सबैभन्दा तातो हावा (लु)को समय हो । यो वर्ष एल निनोको मौसमी प्रभावले गर्मी बढेको छ । म्यानमारसँग सीमा जोडिएका थाइ भू–भागमा तापक्रम ४५.९ डिग्री हाराहारी पुगेको छ ।

एजेन्सीहरूको सहयोगमा

ताजा समाचार

सम्बन्धित समाचार