Tuesday, October 22, 2024

भीषण आगलागीले १ सय घरमा क्षति

१२ वैशाख, महोत्तरी
भीषण आगलागीले मटिहानी नगरपालिका–६ जरलहवा गाछीका करिब १ सयमा क्षति पुगेको छ । बुधबार दिउँसो सुरु भएका भीषण आगलागीले प्रत्यक्ष रूपमा १ सय घर प्रभावित भएका छन् ।

मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलकाअनुसार आगलागी नियन्त्रणका लागि निरन्तर दमकल, सुरक्षाकर्मी र स्थानीय परिचालन भए पनि आगो पूर्णरूपमा नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणका लागि १० वटा वारुणयन्त्रसहित बाक्लो संख्यामा सुरक्षाकर्मी र स्थानीय खटेका छन् ।

त्यसैगरी केही दिनयता पूर्वपश्चिम राजमार्गमा पर्ने जिल्लाको १८ किलोमिटर दूरीको दायाँबायाँको वन क्षेत्रमा आगोको धुँवा फैलिन थालेको छ ।वन डढेलो अहिले उत्तरतर्फको राष्ट्रिय वनक्षेत्रमा पनि फैलिएको छ ।

सर्लाहीसँगैको बाँके नदीवारीको राष्ट्रिय वनक्षेत्रमा फैलिएको डढेलोले नजिकका बस्ती जोखिममा परेका छन् । सागरनाथ वन विकास परियोजनाको बर्दिवास–८ हात्तीलेट प्लट र राष्ट्रिय वनक्षेत्रको बाँके जंगलमा डढेलो बढेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार