Friday, October 18, 2024

हिमपहिरोले बूढीगण्डकी नदी किनारामा जोखिम

९ वैशाख, काठमाडौं
हिम पहिरो खसेपछि गोरखाको बूढीगण्डकी नदी किनारा आसपासका क्षेत्रमा जोखिम बढेको छ । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रतालको पानी छछल्किँदा नदीमा पानीको वहाव बढेको हो ।

आज विहान (९ वैशाखमा) मनास्लु आधार शिविरबाट तालमा हिउँ पहिरो खसेको हो । हिम पहिरो खसेपछि बढेको पानीको बहाबले सामागाउँबाट साम्दो जाने काठेपुल बगाएको छ । ठुलो आवाजसहित पहिरो खसेर पुल बगाएपछि स्थानीय बासिन्दामार्फत सुरक्षा निकायले खबर पाएको हो ।

जोखिमको सूचना आए लगत्तै गृह मन्त्रालयले मातहतका निकायलाई सम्भावित जोखिम घटाउन निर्देशन दिएको छ ।मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले सामागाउँबाट प्रहरी टोली घटनास्थलतर्फ खटाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार