Tuesday, October 22, 2024

आगलागीमा ४० वटा घरगोठ क्षति

८ वैशाख, गुल्मी 

जिल्लाको इस्मा गाउँपालिकामा भीषण अगालागी भएको छ । इस्मा गाउँपालिका–२ र ४ मा आगलागी हुँदा करिब ४० घरगोठमा क्षति पुगेको छ ।

आगलागीमा २ जना घाइते भएका छन् । इस्मा १ बस्ने ट्रयाक्टर चालक हिमाल राना र मुसिकोट नगरपालिका ७ बस्ने प्रेम राना घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा घर, गोठ, किराना पसल, मिलमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर पोखरेलले जानकारी दिए । उनकाअनुसार इस्मा २ मा १५ वटा बाख्रा र ४ वटा भैसीसमेत जलेका छन् । साथै एउटा ट्रयाक्टर जलेर क्षतिग्रस्त भएको छ ।

जंगलमा लागेको डढेलो वस्तीमा पसेपछि घर र गोठमा क्षति पुगेको हो । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको टोली खटेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार