Tuesday, October 22, 2024

चिडियाखानामा विद्युतीय सवारी

८ वैशाख, ललितपुर   
जावलाखेलस्थित सदर चिडियाखानाका आगन्तुकले विद्युतीय साधन (इलेक्ट्रिक गल्फ कार्ट)मार्फत जिवजन्तुको अवलोकन गर्न थालेका छन् । जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दैै यस्तो सुविधा थपिएको हो ।

शुक्रबार साँझ (७ वैशाखमा) ललितपुर महानगरपालिकाले ८ सिट क्षमताको विद्युतीय साधन चिडियाखानालाई हस्तान्तरण ग¥यो । भारतमा निर्मित इलेक्ट्रिक गल्फ कार्ट ४१ लाख ९८ हजार रूपैयाँमा खरिद गरिएको महानगरले जनाएको छ ।

सो अवसरमा बोल्दै मेयर चिरिबाबु महर्जनले भने, ‘विगतदेखि नै महानगरले चिडियाखानाका जिवजन्तुको आहराका लागि सहयोग गर्दै आएको थियो, यो साधन थपिएपछि यहाँ आउने अशक्त र जेष्ठ नागरिकहरूका लागि झनै सुविधा हुने विश्वास छ ।’ चिडियाखाना आफ्नो नगरभित्रको गौरव गर्न लायकको थलो भएको उनले बताए ।

बार्षिक १० देखि १२ लाख हाराहारी आगन्तुक चिडियाखानाको भ्रमणमा आउने गरेका छन् । सोही अवसरमा मेयर महर्जनले चिडियाखानाको ‘महाराजा’ नामक बाघको वार्षिक आहरा खर्चका लागि १५ लाख रूपैयाँको चेक हस्तान्तरण गरे ।

गत वर्षदेखि एउटा बाघको अभिभावकत्व ग्रहण गरेको महानगरले यसअघि पनि १५ लाख रूपैयाँ र कोभिड महामारीको समयमा चिडियाखानाका समग्र जिवजन्तुको आहराको खर्च प्रयोजनका लागि १० लाख रूपैयाँ उपलब्ध गराएको थियो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, मेयर महर्जन, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीलगायतले सवारी सेवाको शुभारम्भ गरे ।

ताजा समाचार

सम्बन्धित समाचार