Wednesday, October 23, 2024

आज ३ वटा प्रदेशको मौसम प्रभावित हुने

५ वैशाख, काठमाडौं   
विहानको मौसम घमाइलो भए पनि आज अपराह्पछि काठमाडौंसहित धेरै भेगको मौसम धुमिएर छिटफुट वर्षा हुने छ ।

दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा हुनेछ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले ३ वटा प्रदेशका मध्य पहाडी भेगहरूमा यस्तो असर रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावा हुरीको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लाछिमानेले बताए । मौसम उतारचढाव केही दिन रहने बताउँदै उनले भने, ‘भोलि र पर्सी वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।’

ताजा समाचार

सम्बन्धित समाचार