Wednesday, October 23, 2024

गैंडाको आक्रमणमा एक युवा घाइते

३ वैशाख, काठमाडौं 
गैंडाको आक्रमणबाट एक युवा घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ का ३२ वर्षीय रमेश बोटे घाइते भएका हुन् ।

आज विहान (३ वैशाखमा) खेतमा पानी लगाउँदै गरेका उनलाई गैंडाले आक्रमण गरेको हो । बोटेको ढाड र अनुहारमा चोट लागेको मकवानपुर प्रहरीले जनाएको छ । घटना लगत्तै मनहरी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई भरतपुर अस्पताल पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले बताए ।

यसअघि शनिबार (१ वैशाखमा) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैंडाको आक्रमणमा परेर सख्त घाइते भएका टुर गाइड सुवास रेग्मीको निधन भएको थियो । गोरखाको आरुघाट गाउँपालिका–८ पोखरीका ३२ वर्षीय उनी पर्यटकलाई घुमाउँदै गर्दा गैंडाले आक्रमण गरेको थियो । 

 

ताजा समाचार

सम्बन्धित समाचार