Wednesday, October 23, 2024

गैंडाको आक्रमणमा एक युवाको मृत्यु

१ वैशाख, चितवन   
गैंडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैंडाले आक्रमण गरेपछि गोरखाको आरुघाट गाउँपालिका–८ पोखरीका ३२ वर्षीय सुवास रेग्मीको निधन भएको हो ।

हाल रत्ननगर नगरपालिका–६ सौराहा बस्दै आएका रेग्मी पेशाले नेचर गाइड हुन् । पर्यटकलाई निकुञ्जको मध्यवर्ती क्षेत्र घुमाउँदै गर्दा गैंडाले आक्रमण गरेर सख्त घाइते भएका उनको उपचारका क्रममा निधन भएको हो । आज विहान ११ः ५० बजे आसपासमा निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा यस्तो घटना भएको र उपचारका क्रममा चितवन मेडिकल कलेजमा दिउँसो रेग्मीको निधन भएको निकुञ्जले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार