Friday, September 20, 2024

जाने होइन त कालिकास्थान ! मकै खान

काठमाडौं– कालिकास्थानस्थित कारागार व्यवस्थापन विभागको ठिक अगाडी, सर्वनाम थिएटरको नजिकै हरेक दिन साँझ अलिक भिडभाड् हुने गर्दछ । त्यो भिडभाड हो–पोलेको मकै खानेको । पोलेको मकै खाने सोख भएकाहरु विशेषगरी कार्यालय समयपछि यहाँ भेला हुने गर्दछन् ।

यो दृश्यले अनामनगरर न्यु प्लाजा हुँदै डिल्लीवजार जाने जो कोहीलाई पनि आकर्षित गर्छ । आराम गरेर वस्ने ठाउँ भएका कारण पनि अन्य ठाउँमा भन्दा यहा मकै खानेको भिडभाड हुने गर्दछ । अब त यसलाई धेरैले मकै चोक समेत भन्न थालेका छन् ।

यहाँ मकै पोलेर बेच्न ब्यस्त मिना कार्कीले भनिन,‘कालिमाटीबाट किनेर ल्याएको मकै दैनिक १५० देखि २०० घोगा समेत बेच्ने गर्छु ।’ चीसको मौसममा बढी र गर्मीमा कम मकै बिक्ने उनले वताइन् । उनी मात्र होइन, यहाँ पोलेको मकै बेच्नेको पनि भिडभाड नै हुने गर्दछ । अमिष रेग्मीले तयार पारेको फोटो फिचर ।



ताजा समाचार

सम्बन्धित समाचार