Wednesday, October 23, 2024

सुन्तला राष्ट्रिय फल घोषणा

३० चैत, काठमाडौं 
सुन्तलाले राष्ट्रिय फलको मान्यता पाएको छ । शुक्रबारको (३० चैतको) मन्त्रिपरिषद् बैठकले यस्तो घोषणा गरेको हो ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको प्रस्तावलाई मन्त्रालयले विभिन्न चरणमा विज्ञ र सरोकारवालासँग छलफल गरेर मन्त्रिपरिषद्मा पेश गरेको थियो । कीर्तिपुरस्थित फलफूल विकास केन्द्रले नेपालका समग्र फलको अवस्था विश्लेषण गरेर मन्त्रालयलाई सिफारिस गरेको हो । ५/७ वर्षयता राष्ट्रिय फलको पहिचान गर्न केन्द्रले गृहकार्य अघि बढाएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार