Wednesday, October 23, 2024

आगलागीमा ३ जना बालक गम्भीर घाइते

२९ चैत, डोल्पा  
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा ३ जना बालक आगलागीमा परेर गम्भीर घाइते भएका छन् । रंङ्गको सुवा सामुदायिक वनमा गुच्छिच्याउ टिप्न गएका एकै घरका २ सहित ३ जना बालक घाइते भएका हुन् ।

त्रिपुरासुन्दरी नगरका १३ वर्षीय सुम्नत बुढा, १० वर्षीय विवश बुढा र १० वर्षीय सुलस बुढालाई उद्धार गरी जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोले बालबालिकाको करिब ९० प्रतिशत शरीर जलेकाले उपचारका लागि काठमाडौं र अन्यत्रका सुविधासम्पन्न अस्पताल लानुपर्ने जिल्ला अस्पतालले जनाएको छ ।

तीनै जना बालक बिहीबार दिउँसो २ बजे आसपासमा आगलागीमा परेका जिल्ला प्रशासन कार्यालयको भनाइ छ । यसअघि मंगलबार डोल्पाकै ठूलीभेरी नगरपालिका–३ स्थित मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा घाइते भएका ४ जना सैनिकमध्ये ३ जनाको उपचारका क्रममा निधन भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार