Wednesday, October 23, 2024

काठमाडौंमा मेघ गर्जनसहित वर्षा

२९ चैत, काठमाडौं 
पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभावले काठमाडौं उपत्यकासहित अधिकांश पहाडी भेगहरूमा मेघ गर्जनसहित हल्का र मध्यम वर्षा सुरु भएको छ ।

काठमाडौं उपत्यकामा हावाहुरीसहित जारी रहेको वर्षा राति अवेरसम्म जारी रहने छ । चट्याङससहित हल्का र मध्यम वर्षा अपराह्सम्ममा कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै भेगमा फैलिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कतिपय भेगहरूमा असिना पानी समेत परेको छ । महाशाखाका मौसमविद्हरूका अनुसार वर्षाको असर अझै २ दिन (शनिबारसम्म) दोहोरिने छ । अपरान्ह्देखि मौसम प्रभावित हुने बताउँदै एक मौसमविद्ले भने, ‘निरन्तर ठुलो वर्षाको सम्भावना छैन । यससँगै उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपात हुने छ ।’ प्रि–मनसुनका बेला मेघ गर्जनसहितको वर्षा हुनु स्वभाविक रहेको ती अधिकारीको भनाइ छ ।

हावाहुरीसहित वर्षा सुरु भएपछि केही दिनयता काठमाडौं उपत्यकासहितका भेगमा बढेको प्रदूषण घट्ने वातावरणविद्हरूको ठहर छ । वर्षाले वन डढेलो नियन्त्रण गर्न र सक्रिय बनेको पश्चिमी वायुले प्रदूषण घटाउने उनीहरूको बुझाइ छ । पश्चिमी वायु सक्रिय नबन्दा काठमाडौं उपत्यकासहितका धेरै भेगको वायु गुणस्तर जनस्वास्थ्यका दृष्टिले घातक अवस्थामा पुगेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार