Wednesday, October 23, 2024

वनस्पति ऐनको तयारीमा वन मन्त्रालय

२९ चैत, काठमाडौं 
वन तथा वातावरण मन्त्रालयले वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउने प्रक्रिया अघि बढाएको छ । प्रस्तावित वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउनु जरूरी रहेको वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीको भनाइ छ ।

बिहीबार (२९ चैतमा) वनस्पति विभागको ६७औं वार्षिकोत्सव तथा २५औं वनस्पति दिवसलाई सम्बोधन गर्दै उनले वनस्पति विभागका कामलाई थप प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक ऐनको तयारी गरेको मन्त्री सुडीले बताए । जडिबुटी र सुगन्धित तेलको व्यापार प्रवद्र्धनमा निरन्तरता दिनुपर्नेमा जोड दिएका उनले मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरू संकटमा परिरहेको धारणा राखे ।

बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, सम्बद्र्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौति रहेको उल्लेख गर्दै मन्त्री सुडीले भने, ‘वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पु¥याइ स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै वन मन्त्रालयका सचिव डा. दीपक खरालले नेपालका वनस्पतिको अध्ययन, अनुसन्धानको अभिलेखनसँगै सरकारलाई राय सुझाव दिँदै आएको बताए । उनले औषधीय गुण भएका जडिबुटीलाई चिकित्सा विज्ञानसँग जोडेर आर्थिक उपार्जन बढाउन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

यही अवसरमा विभागले वरिष्ठ वनस्पतिविद् प्राडा लोकेशरत्न शाक्यलाई राष्ट्रिय वनस्पति पुरस्कारबाट पुरस्कृत ग¥यो । शाक्य नेपालका सुनाखरीबारेका विज्ञ हुन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार