Wednesday, October 23, 2024

डढेलो नियन्त्रण गर्दा घाइते थप २ सैनिकको मृत्यु

२८ चैत, काठमाडौं 
सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका थप २ जना सैनिकको निधन भएको छ ।

डोल्पाबाट नेपालगञ्जहुँदै हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका हुम्लाका २३ वर्षीय आशिष बुढा र काभ्रेका ३८ वर्षीय केशरबहादुर जर्गा मगरको मंगलबार (२७ चैतमा) कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको हो ।

सोमबार (२६ चैतमा) डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा देवीदत्त गुल्मका ४ जना सेना घाइते भएका थिए । यस क्रममा सोमबार जुम्लाका २४ वर्षीय हेमन्त रावतको निधन भएको थियो ।

घाइते अर्का एक सैनिकको कीर्तिपुरमा उपचार भइरहेको सैनिक मुख्यालयले जनाएको छ । डोल्पाको भिरालो क्षेत्रमा फैलिएको डढेलो अझै नियन्त्रण भएको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार