Wednesday, October 23, 2024

एफओएन अध्यक्षमा जिसी

२१ चैत, काठमाडौं  
लोपोन्मुख जिवजन्तु र जैविक विविधताको अध्ययन अनुसन्धानमा क्रियाशील संस्था ‘फ्रेन्ड्स अफ नेचर’ (एफओएन)को अध्यक्षमा सोम जिसी चयन भएका छन् ।

एफओएनका अध्यक्ष सुनील थापा विद्यावारिधि अध्ययनका लागि अस्टे«लिया गरेसँगै रिक्त पदमा कार्यसमिति सदस्य जिसी अध्यक्ष चयन भएका हुन् । चितवनका जिसी पक्षी अनुसन्धाता र जैविक विविधता संक्षणकर्मी हुन् । आगामी असारपछि हुने एफओएनको साधारणसभाले निर्वाचित पदाधिकारी चयन गर्ने छ ।

सन् २००५ (अढाई दशकअघि)मा स्थापना भएको यो संस्थाले १२ वर्षयता नेपालका विभिन्न जिल्लामा लाटोकोसेरो महोत्सव गर्दै आएको छ । महोत्सवमा नेपाल र विभिन्न देशका अनुसन्धाता, संरक्षणकर्मीले समुदायसँग आफ्ना ज्ञान र अनुभव आदानप्रदान गर्दै आएका छन् । महोत्सवले पर्यटन प्रबर्द्धनमा भूमिका खेलेको छ । साथै एफओएनका विज्ञ र अनुसन्धाताको आग्रहपछि सरकारले १० वर्षे लाटोकोसेरो संरक्षण कार्ययोजना बनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार