Sunday, September 8, 2024

ताइवानमा शक्तिशाली भूकम्प

२१ चैत, एजेन्सी 
ताइवानको पूर्वी तटीय क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जनजिवन प्रभावित बनेको छ । बुधबार विहान (२१ चैत)को भूकम्पमा अहिलेसम्म ७ जनाको निधन हुनुका साथै ७ सय जना भन्दा बढी घाइते भएका छन् ।

७७ जना सुरूङ र भत्किएका संरचनामा च्यापिएका सरकारी अधिकारीहरूले बताएका छन् । १५.५ किलोमिटर गहिराइ केन्द्रविन्दु भएर गएको यो यो भूकम्प ताइवानमा २५ वर्षयताकै शक्तिशाली रहेको बताइएको छ । भूकम्पको धक्का चीन, जापान र फिलिपिन्समा समेत प्रष्ट महसुस भएकाले यी देशहरूमा सुनानीको असर देखिनसक्ने जापानको मौसम पूर्वानुमान सम्बन्धी निकायले सूचना जारी गरेको छ ।

भूकम्पको केन्द्र ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर टाढा रहेको अमेरिकी भौगर्भिक अध्ययन निकाय (यूएसजीएस) ले जनाएको छ । शक्तिशाली भूकम्पपछि ४ रेक्टर स्केलभन्दा माथिका परकम्प दोहोरिन थालेका छन् । यसअघि सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । त्यसबेला ७.६ म्याग्निट्यूडको भूकम्प जाँदा २ हजार ४ सय व्यक्तिको ज्यान गएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार