Wednesday, October 23, 2024

पर्यटन प्रवर्द्धनका लागि ‘स्ट्रिट फुड फेस्टिभल’

पर्यटकीय क्षेत्र कैलालीको चिसापानीमास्ट्रिट फुड फेस्टिभल‘ (सडक खाना उत्सव) हुने भएको छ । लम्कीचुहा नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा उत्सव हुन थालेको हो । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारा चिसापानीसँगै सुदूरपश्चिम प्रदेशको मौलिक खानाको प्रर्वद्धन गर्ने उद्धेश्यलेस्ट्रिट फुड फेस्टिभलकोआयोजना गरिएकाे हाे ।

फेस्टिभल आयोजक समितिका संयोजक जनकबहादुर शाहीले चैत ३० गतेदेखि वैशाख २ गतेसम्म सडक खाना उत्सव आयोजना हुने बताउनुभयो । उहाँले कर्णाली चिसापानीको माछाको स्वादसँगै स्थानीय, थारु, मगरलगायत सुदूरपश्चिमको मौलिक खानाका परिकारको खाना उत्सवमा प्रवर्धन गरिने बताउनुभयो ।

सडक खाना उत्सवले चिसापानी लगायत नजिकै रहेको कैलाश धाम, राजकाँडा पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने बताइएको छ । खाना उत्सवमा फुटबल पर्यटनलाई समेत जोड दिइएकोे छ । करिब दशलाखको खर्च अनुमानमा खाना उत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । उत्सवमा मुख्य सहयोगीको रुपमा लम्कीचुहा नगरपालिकालाई लिइएको छ ।

खेलकुद संयोजक घनश्याम डाँगीले कैलाली कञ्चनपुर, बर्दियाका खेलाडीहरुको पेनाल्टी सुटआउट फुटबल खेल उत्सवमा हुने जानकारी दिनुभयो । खानाको स्वादसँगै खेलकुदलाई समेत पर्यटनसँग जोडेर पेनाल्टी सुटआउटमा भागलिने र स्वादीलो खानासँगै चिसापानीको रमणीय वातावरणको आनन्द लिने सकिने बताइएको छ । सहभागी खेलाडीहरुबाट सामान्य प्रवेश शुल्क लिएर कार्यक्रमको व्यवस्थापन गरिएको डाँगीले जानकारी दिनुभयो । पेनाल्टी सुटआउट खेलमा विजयी समुहलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

लम्कीचुहा नगरपालिका ३ का वडाध्यक्ष तथा नगरप्रवक्ता लवबहादुर शाहीले सडक खाना उत्सवमा लम्कीचुहा नगरपालिकाको समेत सहयोग रहेको जानकारी दिनुभयो । उहाँले सुन्दर पर्यटकीय क्षेत्र चिसापानीमा पाइने माछाको स्वादको जति चर्चा हुने गरेको छ त्यति नै सुदूरपश्चिमका मौलिक खानाका परिकारको स्वादको पहिचान र प्रचारप्रसारमा उत्सवले सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले चिसापानी खाना उत्सवले शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक चिसापानी घुम्न र यहाँको स्वाद लिनका लागि आउने वातावरण बनाउने बताउनुभयो । उहाँले सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको प्रवर्धन र स्थानीयको जीविकोपार्जनमा सडक खाना उत्सवले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार