Thursday, November 28, 2024

वातावरण संरक्षण राष्ट्रिय परिषदमा नियुक्ति

सरकारले रिक्त रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता दिएको छ ।

प्रधानमन्त्रीले विस्तार गरेको परिषद्मा जलवायु परिवर्तन र वातावरण क्षेत्रमा काम गर्ने विज्ञ तथा प्राध्यापकलगायत छन् । जलवायु परिवर्तन विज्ञको तर्फबाट विमल रेग्मी र सुनिता चौधरी तथा प्राध्यापक तर्फबाट त्रिभुवन विश्वविद्यालयको वातावरण विभागकी प्रमुख साधना प्रधानाङ्ग र कल्पना देवकोटालाई परिषद् सदस्य नियुक्त गएिको छ । परिषद् सदस्यमा प्रधानमन्त्रीका जलवायु परिवर्तन सल्लाहकार माधवबहादुर कार्कीलाई समेत मनोनयन गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँण परिषद्को उपाध्यक्ष र वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषिमन्त्री मृगेन्द्रकुमारसिंह यादव र ऊर्जामन्त्री पम्फा भुसाल पनि परिषद् सदस्यमा चयन हुनुभएकाे छ । परिषद्मा सात वटै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य हुने व्यवस्था छ । वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल परिषद्का सदस्य–सचिव हुनुहुन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार