Friday, September 27, 2024

राष्ट्रपतिबाट खानेपानीसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार प्रमाणीकरण गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विधेयकमा खानेपानी र सरसफाइको अधिकार र स्राेत, पानीको स्रोत तथा मुहानको संरक्षण, अनुमतिपत्र, गुणस्तरीय पानीको आपूर्ति, धारा तथा मिटर जडान, ढल सेवा, पानी खरिद बिक्री, महशुल निर्धारण आयोगको गठन, गुणस्तर तथा मापदण्ड, भूमिगत पानीको उपयोग, नदी तथा ताल तलैयाको जल गुणस्तर सम्बन्धी मापदण्ड लगायतका व्यवस्था गरिएको छ । 

ताजा समाचार

सम्बन्धित समाचार